Logo

२६ माघ,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ का नेपाली कांग्रेसका सांसद उम्मेदवार अनिल रुङ्टाले वीरगञ्ज महानगरको वडा नं ११ मा द्दरदैलो र नागरिकसँग भेटघाट गरेका छन्।

उक्त कार्यक्रममा उम्मेदवार रुङ्टाले आफ्नो पहिलो प्राथमिकता क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा, विकास र रोजगारमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “म भाषण गर्न होइन, काम गर्न राजनीतिमा आएको हुँ। एकपटक विश्वास गरेर मत दिनुहोस्।”

रुङ्टाले अघिल्ला सांसद र मन्त्रीहरूले जनतालाई केवल आश्वासन मात्र दिएको आरोप लगाउँदै अब जनताले वास्तविक परिवर्तन खोज्ने समय आएको बताए। उनले सुशासन, विकास निर्माण तथा गुणस्तरीय स्वास्थ्य र शिक्षामा प्रत्यक्ष लाभ दिने काम गर्ने दाबी गरे।

कार्यक्रममा रुङ्टाले जनताको आधारभूत आवश्यकता पहिचान गरी नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए र परिवर्तनको आधार जनताकै सहभागितामा हुने बताए।

सो अवसरमा करिब १ सय जना नयाँ सदस्य विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई रुङ्टाले फुलमाला, अबिर र गम्छा लगाएर स्वागत तथा सम्मान गरे।

कार्यक्रममा पार्टीका उपसभापति रामनारायण कुर्मी, वडा सभापति मनोज महतो, नेताहरु बिजय सर्राफ, किरण सरकार र रमेश पाण्डेलगायतको पनि सहभागिता रहेको थियो।


सम्बन्धित समाचार