Logo

२९ माघ, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बैठकहरूमा विधायन कार्यान्वयनको अवस्था र समितिहरूको कार्यसम्पादन समीक्षाजस्ता महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची रहेको छ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘ऐन कार्यान्वयन मापन’ सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ। समितिले विभिन्न ऐनहरू कार्यान्वयनको अवस्थाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको जनाएको छ।

त्यसैगरी बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ। समितिले सङ्घीयता कार्यान्वयन, राष्ट्रिय सरोकारका विषय र नीतिगत हस्तक्षेपका क्षेत्रमा गरेका गतिविधिको समग्र मूल्याङ्कन गर्ने कार्यसूची तय गरेको छ।

समितिहरूको बैठकलाई संसद्‌को विधायन प्रभावकारिता तथा सङ्घीय संरचनाको सबलीकरणसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।


सम्बन्धित समाचार