Logo

९ फागुन,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट  अन्तर्गत सुपर–८ चरणका खेल आजदेखि सुरु हुँदैछन्। पहिलो खेलमा आज न्युजिल्याण्डपाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

खेल कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ। समूह चरणमा पाकिस्तानले चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोर्दै ६ अंकसहित समूह ‘ए’ मा दोस्रो स्थानमा रहँदै सुपर–८ मा स्थान बनाएको हो। यता समूह ‘डी’ बाट तीन जित र एक हारसहित ६ अंक जोडेको न्युजिल्याण्डले पनि सुपर–८ को यात्रा तय गरेको थियो।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारतश्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड सुपर–८ मा पुगेका छन्।

सुपर–८ अन्तर्गत समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह–२ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका परेका छन्।

सुपर–८ को दोस्रो खेल भोलि (आइतबार) साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच अहमदाबादमा हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन २४ गते आयोजना हुने तालिका रहेको छ।


सम्बन्धित समाचार