Logo

 ९ फागुन,काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट ७८ अर्ब रुपैयाँभन्दा बढी मूल्यको प्रशोधित खाद्य तेल निर्यात भएको छ, जुन कुल निर्यातको झन्डै ४६.५ प्रतिशत हो। तथापि, यो निर्यात मुख्यतः नेपाली उत्पादन नभई आयातित कच्चा तेल प्रशोधन गरेर गरिएको हो।

भन्सार विभागका अनुसार, सो अवधिमा ९३ अर्ब ७५ करोड रुपैयाँ मूल्य बराबरको कच्चा खाने तेल भित्रिएको छ, जसमा धेरैजसो अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिएको भटमासको तेल हो।

साफ्टा सम्झौताअन्तर्गत भारत निर्यातमा भन्सार छुट पाइने भएकाले यो व्यापार अहिलेसम्म फाइदाजनक देखिएको भए पनि अर्थविज्ञहरूले भन्छन् कि यसले नेपालभित्र उत्पादन र रोजगारी सिर्जनामा विशेष योगदान नगरेको छ।

अब यो व्यापार आर्थिक चुनौतीमा पर्न सक्ने संकेत देखिएको छ। भारत र अमेरिकाबीच आउँदो मार्चभित्र द्विपक्षीय व्यापार सम्झौता भए, अमेरिकी प्रशोधित तेल शून्य भन्सारमा भारतमा आयात हुने हुँदा नेपालको खानेतेल निर्यात ठप्प हुन सक्छ।

विज्ञहरूले दिगो निर्यात र रोजगारी सिर्जनाका लागि नेपालले अलैँची, गलैँचा र अन्य स्वदेशी वस्तुको उत्पादन र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन्।


सम्बन्धित समाचार