Logo

३० चैत,वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आफूले देश बनाउनैका लागि राजनीति गरेको र देशलाई सहि दिशामा डोर्‍याउन हर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवदि केन्द्र) उद्योग तथा वाणिज्य विभागले पर्यटन बोर्डको सभा कक्षमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा देशको वर्तमान जस्तै उत्पादन ह्रास, बैकिङ ब्याजदरको उतारचढावबारे विज्ञहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । सोही क्रममा मन्त्री रिजालले देशको उद्योग, वाणिज्य तथा आपूर्तिलाई सहज र सरल बनाउन आफू दिनरात खटी रहेको बताउनुभयो ।

उहाँले आफूलाई दैनिक भेट्न आउने उद्योगीहरुले आफ्ना समस्याहरु भन्ने गरेको र मन्त्रालयले उक्त समस्या समाधानका निम्ति निरन्तर छलफल गर्दै रहेको जानकारी दिनुभयो । उहाँले तत्कालै समाधान हुने समस्यालाई अन द स्पोर्ट समाधानका लागि पहल गर्ने बताउनुभयो ।

उद्योग, व्यापारलाई थप प्रभावकारी बनाउन र आयात एवम् निर्यातलाई परिणाममुखी बनाउन ऐन, नियम र नितिहरुमा सुधार गर्न पनि आवश्यक देखिएको उहाँको भनाई छ । सोही आवश्यकतालाई महसुस गर्दै विभिन्न चरणमा मन्त्रालय स्तरीय छलफललाई निरंतरता दिएको र समाधान गर्न निर्देशन समेत दिएको उहाँले बताउनुभयो । कार्यक्रमको अध्यक्षता बिभागका अध्यक्ष बामदेव क्षेत्रीले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार