प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ फाल्गुण, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार सामान्य वृद्धि देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो । ऐतिहासिक तथ्याङ्कलाई हेर्दा गत माघ १५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु ३ लाख ३९ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज केही बढोत्तरी भएको छ। महासंघले सार्वजनिक गरेको विवरण अनुसार चाँदीको भाउ तोलामा १० रुपैयाँले वृद्धि भई ५ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारको सुनचाँदी दररेटमा परिरहेको व्यवसायीहरू बताउँछन् ।


सम्बन्धित समाचार