Logo

१ वैशाख, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरु कार्यालयमा नआईदिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । मन लागे कार्यालयमा आउँने मन नलागे नआउँने प्रबृती उपमहानगरपालिकामा मौलाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ,तीन जना अधिकृत तहको कर्मचारी बाहेक अरु अधिकृत तहका कर्मचारीहरु कार्यालयमा देखिएका छैनन् । जीतपुरसिमरा उपमहानगरपालिकाको योजना , प्राबिधिक , प्रशासन ,स्वास्थ्य ,लेखा लगायतको शाखा पुरै सुनसान नै देखिन्थ्यो । टाढा टाढाबाट सेवा लिन आएका सेवाग्राहीहरु आफनो काम नभएर रित्तै फर्किनुपर्दा उपमहानगरपालिकालाई नरक पालिकाको संज्ञा दिँदै निरास भएर फर्किने गरेका थिए ।

ई.रामनरेश यादबको शाखामा बसेका एक सेवाग्राहीहरुले पत्रकारहरुले सही कलम नचलाएका कारण उपमहानगरपालिकाको यस्तो हालत भएको भनी आक्रोस पोखे । भुई तल्लामा रहेको बोर्डलाई देखाउँदै यो बोर्डमा कर्मचारी फिल्डमा जाँदा वा बिदामा बस्दा नाम लेख्नुपर्ने हो । खोई नाम लेखेको भन्नी प्रश्न गरे ?उपमहानगरपालिकामा भेटिएका केही जुनियर तहका कर्मचारीहरु काम नभएपछि कोही मोबाईल चलाएर बसेका थिए भने कोही गफ लडाएर ।

कार्यालयमा बसिरहेका जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारीलाई सोध्दा यस बिषयमा आफुलाई केही जानकारी नभएको जानकारी दिनुभयो । उपमहानगरपालिकामा कर्मचारीहरुको छाडा प्रबृती देखिएको बताउँनुभयो । यति ठुलो सङ्ख्यामा हाकिम तहको कर्मचारीहरु कार्यालय छाडेर बाहिर जाने प्रबृती राम्रो नभएको जिकिर गर्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले आफु नगर प्रमुखसँग बिदा स्वीकृत गराई बिदामा बसेको बताउँनुभयो । अन्य कर्मचारीहरु बिदामा बसेको कुरा आफुलाई जानकारी नभएको बताउँनुभयो । आफु आईतबार कार्यालयमा हाजिर हुने र बिदा नलिएर बस्ने कर्मचारीहरुको हाजरी गएल गर्ने बताउँनुभयो ।

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले प्रमुख प्रशासकिय अधिकृत पुरीको बिदा आफुले स्वीकृत गरेको तर अरुको बिदाको बिषयमा आफुलाई जानकारी नभएको बताउँनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत करारका कर्मचारीहरु नयाँ बर्षको मुखमा तलब नपाएको गुनासो गरेका थिए ।


सम्बन्धित समाचार