२१ फागुन, जाजरकोट । जाजरकोटमा मतदान सुरु भएयता हालसम्म १० हजार ३ सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कुल खसेको मतमध्ये ४ हजार ५ सय ७७ महिला र ५ हजार ७ सय ८९ पुरुष मतदाताले मतदान गरेका छन्।
जिल्लामा कुल १ लाख ७ हजार ९१ मतदाता रहेका छन्। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
















