प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकिएको छ।

बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा विवाद चर्किएपछि मतदान स्थगित गरिएको हो।

उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको क्षेत्र हो।

हाल प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख घटनास्थलमा पुगेर विवाद समाधान गर्ने प्रयास गरिरहेका छन्। परिस्थितिलाई सामान्य बनाइ मतदान पुनः सुरु गर्ने तयारी भइरहेको जनाइएको छ।


सम्बन्धित समाचार