२१ फागुन, दाङ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। मध्यवर्ती क्षेत्र अन्तर्गत बबई गाउँपालिका–७ स्थित देउती मावि मलई मतदान केन्द्र र बबई–१ मा रहेको जनता आधारभूत विद्यालय मतदान केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान नगरेको जनाइएको छ।
मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार बिहान साढे १० बजेसम्म देउती मावि मलई मतदान केन्द्रमा कुनै पनि मतदाता उपस्थित भएका छैनन्। मतदान केन्द्र पूर्ण रूपमा सुनसान रहेको उनले बताए।
उक्त केन्द्रमा कुल ६८२ मतदाता रहेका छन्। बहिष्कारको कारणबारे स्थानीयसँग छलफल भइरहेको र मतदान सुचारु गराउने प्रयास जारी रहेको बताइएको छ।
















