२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा मतदान गरेपछि हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका छन्।
प्रचण्डले चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुल मतदान केन्द्रमा आज बिहान मतदान गरेका हुन्।
चितवनमा मतदान सम्पन्न गरेलगत्तै उनी रुकुमपूर्वको सिस्ने–५ कमलदह पुगेका हुन्।
रुकुमपूर्वमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन्।















