२१ फागुन, वीरगन्ज । पर्सामा बिहीबार बिहान साढे १० बजेसम्म ५५ हजार ७४१ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति नियमित रूपमा भइरहेको र कुनै अप्रिय घटना नभएको प्रशासनले जनाएको छ।