२१ फागुन, काठमाडौं । देशभर बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ३१ लाख ६३ हजार ७३६ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
हालसम्म कुल मतदाता करिब १८ प्रतिशतले मतदान गरेका छन्। अधिकांश जिल्लामा मतदान उत्साहपूर्ण रूपमा भइरहेको छ भने केही जिल्लामा विवाद वा तनावका कारण केही समयका लागि मतदान स्थगित गरिएको छ।
















