२१ फागुन, काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म देशभरि ६२ लाख २० हजार ४२ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ भने गण्डकी प्रदेशमा ३९ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा १० हजार ९६७ मतदान स्थलहरूमा मतदान चलिरहेको छ। केही ठाउँमा सानो झडप र अस्थायी अवरोध बाहेक अन्यत्र मतदान शान्तिपूर्ण भइरहेको छ।
हालसम्म जम्मा करिब ३३ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्।

















