प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङस्थित वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान गरेका छैनन्।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार उक्त केन्द्रमा ११३ मतदाता रहेका छन्। मतदान अधिकृतसहित ५ जना कर्मचारी र १३ जना सुरक्षाकर्मी खटिएर मतदानको लागि तयारी अवस्थामा छन्। तर मतदाताहरू स्वेच्छाले मतदान गर्न आएका छैनन्।

यो क्षेत्र रोल्पाको काखमा पर्ने विकट हिमाली गाउँ हो र गाउँका अधिकांश मतदाता काठमाडौंमा बसोबास गर्छन्। गाउँमै रहेका मतदाताले अहिलेसम्म कुनै उम्मेदवारले मत माग्न नआएको र आफ्ना आवाज सुन्न नसकिएको कारणले मतदान नगरेको जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले मतदानको समय सीमासम्म मतदान कर्मचारीहरूले मतदातालाई कुर्ने जानकारी दिएका छन्।


सम्बन्धित समाचार