२२ फागुन,कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहरा ले अग्रता कायम राखेका छन्।
हालसम्म २ हजार ७ सय २० मत गणना हुँदा बोहराले १ हजार ३ सय ८० मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका पूर्वमन्त्री एनपी साउद ले ५ सय ३९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंह ले ३ सय ७७ मत पाएका छन्।
मतगणना जारी रहेको र थप परिणाम आउँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

















