२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु नाथ पाण्डे अग्रस्थानमा रहेका छन्।
पछिल्लो मतपरिणामअनुसार पाण्डेले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ४ हजार २२० मतसहित पछ्याइरहेका छन्। त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार रमेश अर्यालले २ हजार १९० मत प्राप्त गरेका छन्।
मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–३ बाट नेपाली काँग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्ण बहादुर राईले ११ हजार १९६ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा बिक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत ल्याएका थिए।

















