२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर १ र २ मा मतगणना सुरु भएपनि सञ्चारकर्मीहरूको प्रवेश निषेध गरिएको छ।
स्थानीय सञ्चारकर्मीहरूले एकपटक मतपेटिका खोलिएको फोटो लिएर मतगणना सुरु गर्न माग गरेका थिए। तर निर्वाचन अधिकृतहरूले मतगणना स्थलमा पत्रकारहरूको प्रवेश निषेध गरिएको जानकारी दिएका छन्। यसबारे सञ्चारकर्मीहरूले विरोध जनाउँदै मतगणना प्रक्रियामा पारदर्शिता कायम राख्न आवश्यक रहेको बताएका छन्।
निर्वाचन अधिकृतले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नु बाँकी रहेको छ। मतगणना जारी रहेको र अन्तिम परिणाम आउन केही समय लाग्ने अनुमान गरिएको छ।

















