Logo

२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिह अग्रस्थानमा रहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार अमरेशले १,९०८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गगन कुमार थापाले ५३६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन्।

गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिह २०,०१७ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नागेन्द्र कुमारले १८,२५३ मत ल्याएका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४,६२२ मत प्राप्त गरेकी थिइन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ केही समय लाग्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।


सम्बन्धित समाचार