Logo

२२ फागुन,काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा अहिलेसम्म १४,०२२ मतगणना सम्पन्न भएको छ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ६,७०० मत प्राप्त गरेर अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २,३२९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २,३२२ मतसहित पछि रहेकी छन् भने नेकपा उम्मेदवार प्रताव गुरुङले १,५५७ मत पाएका छन्।

निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्।


सम्बन्धित समाचार