Logo

२२ फागुन,वीरगञ्ज ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार रामाकान्त चौरसीया अग्रस्थानमा रहेका छन्।

पर्सा–३, जगर्नाथपुर–६ (प्रसौनी, औराहा) टोलबाट आएको पछिल्लो मतपरिणामअनुसार चौरसीयाले १,०५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री सुरेन्द्र चौधरीले ७७१ मत पाएका छन्।

त्यसैगरी नेकपा (एमाले) उम्मेदवार रुपेश कुमार पाण्डेले २३८ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएको छ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजकुमार गुप्ता २४३१९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलाई १६७ मतान्तरले पराजित गरेका हुन् । पराजित सुरेन्द्रप्रसाद चौधरीले २४१५२ मत ल्याएका छन् ।


सम्बन्धित समाचार