२२ फागुन,म्याग्दी ।प्रतिनिधि सभा निर्वाचन अन्तर्गत म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार महावीर पुनले ९६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले ६१२ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा नेकपाका अर्जुनबहादुर थापा छन्, जसले ४७१ मत पाएका छन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्।

















