Logo

२२ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुसिल साह कानु अग्रस्थानमा रहेका छन्।

पर्सा–२ मा अहिलेसम्म २,३०० मत गणना गर्दा कानुले १,०७७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार रिमा यादवले ७४३ मत पाएकी छन्। त्यस्तै नेपाली कांग्रेसका पूर्वमन्त्री अजयकुमार चौरसियाले ३३० मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएको छ।

गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–२ मा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसिया २८,४५१ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले २२,४४५ मत पाएका थिए।


सम्बन्धित समाचार