Logo

२२ फागुन,रौतहट । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्।

हालसम्मको मतगणनामा गौरको जुद्ध माध्यमिक विद्यालय मतगणना केन्द्रबाट गरुडा–१, जयनगरको मतगणना गर्दा चौधरीको पक्षमा ७०६ मत आए। उनका निकटतम प्रतिद्वन्द्वी जसपा उम्मेदवार योगेन्द्र यादवले ५५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ३१२ मत पाएका छन्।

त्यसैगरी नेकपा एमालेका अजयकुमार गुप्ताले २८८ मत पाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल हाल पाँचौँ स्थानमा रहेका छन्, उनले २२९ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्।


सम्बन्धित समाचार