Logo

२२ फागुन,सर्लाही । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिह अग्रस्थानमा रहेका छन्।

अहिलेसम्मको गणनाअनुसार अमरेशले १,२३९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गगन कुमार थापाले ७६८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमनिश कुमार यादवले १९९ मत पाएका छन्।

गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिह २०,०१७ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नागेन्द्र कुमारले १८,२५३ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४,६२२ मत पाएका थिए।

निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जानकारी दिएका छन्। प्रारम्भिक मतगणनाले यस क्षेत्रको राजनीतिक परिदृश्यमा नयाँ प्रतिस्पर्धा र मतदाताको झुकाव देखाएको छ।


सम्बन्धित समाचार