Logo

४ बैशाख, सेढवा पर्सा । संघीय सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अब पर्सा निर्वाचन क्षेत्र नं ४ मा बिकासको गति तिव्र पार्ने आश्वासन दिनुभएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका–३ नव निर्मित वडा कार्यालय, जनसवास्थ्य प्रयोगशाला तथा बर्थिङ सेन्टरको उद्धघाटन गर्न आयोजित कार्याक्रममा बोल्दै उहाँले यस्तो आश्वासन दिनुभएको हो । विगत लामो समयदेखि तुलनात्मक रुपले नै बिकासमा पछि परेको यस क्षेत्रमा बिकासको लहर ल्याउने मन्त्री रिजालको भनाई छ ।

उहाँले भौतिक बिकासका साथै शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत अघि बढेको बताउनुभयो । गुणस्तर शिक्षा र स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको मौलिक अधिकार भएको बताउनुहुदैँ मन्त्री रिजालले सेवा प्रवाहका लागि पहल भईरहेको जानकारी दिनुभयो ।

आगामी दिनमा परम्परागत तरिकाबाट घरमा सुत्केरी नगराउन आग्रह गर्दै उहाँले बर्थिङ सेन्टरबाट सेवा लिन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ । साथै उहाँले आमा र शिशु दुवैको सुरक्षाका लागि कार्यक्रम ल्याएकाले सेवाको उपयोग गर्न आवहान गर्नुभएको छ ।

जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो कार्यक्रममा नेका पार्टी पर्साको सभापति एव प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्री, शकर चौधरी, महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिबेशन प्रतिनिधिहरु वशिष्ठ नारायण कुर्मी, सहरुम राउत गदि, रामदेव चौहान, पार्टी प्रवक्ता रमेश पान्डे, सह सचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, वार्ड अध्यक्षहरु, क्षेत्रीय सचीव बालिस्टर अहमद, प्रशासकिय अधिकृत कृष्ण नन्द राय,
लेखा शाखा अधिकृत सन्देश कुशवाहा नेकाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कार्यक्रम स्वास्थ्य शाखा अधिकृत पर्वेन्द्र साहले संचालन गरेका थिए। उद्योग मन्त्री रिजालले तिनवटै भवनको आज उद्धघाटन गर्नुभएको थियो ।


सम्बन्धित समाचार