Logo

२ चैत,काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब समर्थकहरूले विरोध प्रदर्शन गरेका छन्।

आज दिउँसो प्रदर्शनकारी क्लबका प्रतिनिधिहरू एन्फा गेट अगाडि रिले अनसनमा बसेका छन्। एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लब का अध्यक्ष कर्माछिरिङ शेर्पा ले आफ्ना माग सम्बोधन नभएसम्म रिले अनसन जारी रहने बताएका छन्।

शेर्पाका अनुसार सोमबार क्लब एन्फाबीच वार्ता भए पनि सहमति नजुटेको छ। उनले भने, फेरि हुने वार्ता सफल नभए भोलि पनि अनसन जारी रहनेछ।”

यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा डिभिजन लिग चैत ३० गतेदेखि सञ्चालन गर्ने सहमति भएको थियो। त्यहीअनुरुप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो। तर क्लबहरूले यसलाई एकलौटी निर्णय भन्दै अस्वीकृत गरेका छन्।

क्लबहरूले बताएका छन्, आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने, भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति हामी सरोकारवालाहरू आजित भएका छौं।”

आजै क्लबहरूले एन्फासँग सात बुँदे माग प्रस्तुत गरेका थिए। उनीहरूले पहिले भएका सहमति कार्यान्वयन हुनु पर्ने हालको अवस्थामा चैत ३० देखि लिग खेल्न कठिन हुने बताएका छन्।


सम्बन्धित समाचार