Logo

५ चैत्र, काठमाडौं । सुनको बजारमा बिहीबार ठूलो हलचल पैदा भएको छ, जहाँ एकै दिन प्रतितोला मूल्यमा ५ हजार ४ सय रुपैयाँको भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख २ हजार ३ सय रुपैयाँमा झरेको हो । केही सातादेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य गत माघ १५ गते कायम भएको ३ लाख ३९ हजार ३ सय रुपैयाँको ऐतिहासिक कीर्तिमानबाट अहिले निकै तल ओर्लिएको छ । मूल्यमा देखिएको यो गिरावटले पछिल्लो समय उच्च मूल्यका कारण दबाबमा रहेका उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।

सुनसँगै चाँदीको बजारमा पनि उल्लेख्य गिरावट देखिएको छ । बिहीबार चाँदीको भाउ तोलामा १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो दिन यसको मूल्य ५ हजार १५० रुपैयाँ थियो । चाँदीले पनि माघ महिनाको मध्यतिर ७ हजार ५०५ रुपैयाँको उच्च विन्दु छोएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढाव र आन्तरिक मागमा आएको परिवर्तनका कारण बहुमूल्य धातुको मूल्यमा यस्तो गिरावट आएको व्यवसायीहरूको विश्लेषण छ ।


सम्बन्धित समाचार
भर्खरै