Logo

८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन्।

२१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै उनले पार्टीमा तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

राजीनामापत्रमा लोहनीले महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएपछि मात्र आफू कुनै जिम्मेवारीमा रहने बताएका छन्।

त्यसैगरी, उनले पार्टी नेतृत्व तहमा रहेका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।


सम्बन्धित समाचार