Logo

१० चैत,काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुन ले आगामी सरकारले भ्रष्टाचारविरुद्ध पहिलो दिनदेखि नै कडा कदम चाल्नुपर्ने बताएका छन्।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भ्रष्टाचारीहरूलाई नियमअनुसार कारबाही गरी “कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनुपर्ने” बताएका हुन्।

उनले आवश्यक परे कानुनी व्यवस्था नै परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै लेखेका छन्, “अब आउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ।”

पुनका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसके जनतामाथि ठूलो धोका हुनेछ र यसले रास्वपाको भविष्यसमेत जोखिममा पर्न सक्छ। उनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

साथै, भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।


सम्बन्धित समाचार