१० चैत,काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ। आज प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
गत एक साताको अवधिमा भने सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको सुन अहिले ३६ हजार रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत परेको जनाइएको छ।
यता चाँदीको मूल्य भने आज सामान्य बढेको छ। प्रतितोला ८० रुपैयाँले वृद्धि भई चाँदीको मूल्य ४ हजार ५०५ रुपैयाँ पुगेको छ। तर, साप्ताहिक रूपमा हेर्दा चाँदीको मूल्य पनि घट्दो क्रममा रहेको छ। गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।


















