१० चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनसम्बन्धी निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बसाउने भएको छ।
पार्टी प्रवक्ता मनिष झा का अनुसार बैठक पार्टी सभापति रवि लामिछाने को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ। सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ। बैठकमा संसदीय दलको नेतृत्वबाहेक विविध अन्य विषयमा छलफल हुने बताइएको छ।
यही चैत १२ गते अपराह्न २ः०० बजे नयाँ प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ। सोही दिन दिउँसो ४ः०० बजे रास्वपाले संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको थियो।

















