Logo

१० चैत,काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार) ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने भएको छ।

पार्टी सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बैठकमा उपस्थित हुनेछन्। गत शुक्रबार सुरु भएको बैठकमा उनी अनुपस्थित थिए। आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो।

निर्वाचनमा पार्टीले बेहोरेको पराजयपछि राजीनामा दिएका थापाले अस्वीकृत भएपछि फेरि बैठक बोलाएका हुन्। बैठकमा निर्वाचनको समीक्षा र पार्टीको १५औं महाधिवेशनसम्बन्धी तयारीबारे छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार