१० चैत,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले रास्वपा लाई संविधानको भावना अनुसार काम गर्न सुझाव दिएका छन्।
पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै थापाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्नेगरी काम गर्न आग्रह गरे। उनले भने, “रास्वपाले पाँच वर्षको लागि सरकार चलाउने अवसर पाएको छ। पार्टी र व्यक्तिको तर्फबाट बधाई दिन्छु। संविधान र नवयुवाहरूको विद्रोहको मर्म अनुसार यो कार्यकाल सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा दिन चाहन्छु।”
सभापतिले निर्वाचनले कांग्रेसलाई प्रमुख प्रतिपक्षको जिम्मेवारी दिएको पनि स्मरण गराउँदै नयाँ जिम्मेवारी पालनमा पार्टी सतर्क रहनुपर्ने बताए।
यो वक्तव्यले आगामी पाँच वर्षमा सरकारले युवा र संविधानको अपेक्षाअनुसार काम गर्ने अपेक्षा गरिएको छ भन्ने सन्देश दिन्छ।

















