Logo

१० चैत,काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ।

पार्टी स्रोतका अनुसार उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा समिति गठन गर्ने प्रस्ताव अघि बढाइएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकले मंगलबार समिति गठन गर्ने तयारी गरेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार आजको बैठकले संयोजक तोक्नेछ भने बाँकी सदस्यहरू छिट्टै चयन गरिनेछन्।

समितिले संविधान संशोधनका आवश्यक पक्षहरू अध्ययन गरी पार्टीलाई सुझाव दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार