Logo

 ११ चैत,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको भाउ एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि लगातार ६ कारोबार दिन घटिरहेको सुनको मूल्य आज सातौँ दिनमा बढेको महासंघले जनाएको छ। गएको मङ्गलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ९०० रुपैयाँ रहेकोमा त्यसयता निरन्तर ओरालो लागेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ४१५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ९२० रुपैयाँ पुगेको छ। हिजो चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।


सम्बन्धित समाचार
भर्खरै