Logo

३ चैत्र, काठमाडौं । काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका बालेन्द्र शाह (बाले) ले नेपाली राजनीतिको पानामा एउटा नयाँ इतिहास लेखेका छन् ।

फागुन २१ को निर्वाचनमा रास्वपालाई ऐतिहासिक बहुमत दिलाउँदै उनी सिधै देशको कार्यकारी प्रमुखको कुर्सीमा पुग्न सफल भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम उनलाई प्रधानमन्त्री नियुक्त गरेसँगै नेपालको इतिहासमा पहिलोपटक कुनै पनि दलले स्पष्ट बहुमतका साथ सरकार बनाउने अवसर पाएको छ। यो नियुक्तिले केवल बालेनको व्यक्तिगत उचाइ मात्र बढाएको छैन, बरु मधेशी समुदायबाट देशको नेतृत्व गर्ने पहिलो प्रधानमन्त्री पाएर मुलुकले समावेशी लोकतन्त्रको नयाँ अध्याय समेत सुरु गरेको छ ।

नयाँ शक्तिको उदय र अंकगणितीय चमत्कार

संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बन्ने बालेनको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ सिटसहित संसद्मा ‘क्लीन स्वीप’ गरेको छ । यसअघिका स्थापित शक्ति मानिने कांग्रेस, एमाले र माओवादीलाई निकै पछि पार्दै बालेनको नेतृत्वमा ुश्रम संस्कृतिु र सुशासनको नाराले देशभरि जनलहर सिर्जना गरेको चुनावी नतिजाले प्रस्ट पारेको छ ।

संविधान जारी भएपछि पहिलोपटक प्रयोग भएको धारा ७६ (१) ले देशमा राजनीतिक स्थिरताको आशा जगाएको छ भने पुराना दलहरूका लागि यो नतिजा एउटा गम्भीर आत्ममन्थनको विषय बनेको छ ।


सम्बन्धित समाचार