Logo

१३ चैत्र, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषद्का सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १५ मन्त्रीहरूलाई सामूहिक शपथ गराउनुभएको हो । प्रधानमन्त्री बालेनले आफ्नै उपस्थितिमा आफ्नो टोलीलाई सरकारी कार्यभार सुम्पिएसँगै नयाँ सरकारले औपचारिक रूपमा काम सुरु गरेको छ ।

नवनियुक्त मन्त्रीहरूमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र परराष्ट्रमन्त्री शिशिर खनालसहित रास्वपाका प्रभावशाली नेताहरू रहेका छन् । शपथ ग्रहण लगत्तै सबै मन्त्रीहरू सिधै सिंहदरबारस्थित आ–आफ्नो मन्त्रालयमा पदबहालीका लागि प्रस्थान गरेका छन् । १८२ सिटको भारी बहुमतसहित सत्तामा पुगेको यो मन्त्रिपरिषद्ले पहिलो बैठकमार्फत केही ब्रेकिङ निर्णयहरू गर्ने तयारी गरेको बुझिएको छ ।

शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्मा नियुक्त मन्त्रीहरू र उनीहरूको जिम्मेवारी यसप्रकार छ:

  • बालेन्द्र शाह (बालेन): प्रधानमन्त्री (रक्षा र उद्योग मन्त्रालय समेत)

  • डा. स्वर्णिम वाग्ले: अर्थमन्त्री

  • सुधन गुरुङ: गृहमन्त्री

  • शिशिर खनाल: परराष्ट्रमन्त्री

  • सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री

  • विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

  • खड्कराज पौडेल (गनेश): संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

  • सस्मित पोखरेल: शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री

  • निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्री

  • विक्रम तिमिल्सिना: सञ्चार तथा सूचना प्रविधि मन्त्री

  • प्रतिभा रावल: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

  • दीपक साह (महोत्तरी): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

  • सोविता गौतम: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री

  • सीता वादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

  • गीता चौधरी: कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री


सम्बन्धित समाचार