१३ चैत्र, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा भौतिक रूपमा उपस्थित नभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गर्नुभएको छ ।
शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको सहभागिता रहे तापनि ओली भने अनुपस्थित रहनुभएको थियो । काठमाडौँमै भएर पनि समारोहमा नजानुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेन शाह र मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको हो । झापा क्षेत्र नम्बर ५ मा बालेनसँगै पराजित भएका ओलीले बालेनको नियुक्तिलाई लिएर संक्षिप्त प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ ।
अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा वैदेशिक भ्रमणमा रहेका कारण समारोहमा उपस्थित हुन सक्नुभएन । शपथमा ओलीको अनुपस्थितिले नयाँ सत्ता समीकरण र प्रतिपक्षी दलबीचको आगामी सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् ।

















