१४ चैत,काठमाडौं । नेकपा एमाले ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आफ्ना २३ जनसंगठनहरूलाई आज दिउँसो ३ बजे सडकमा उतार्ने निर्णय गरेको छ।
एमाले सचिवालयको आकस्मिक बैठकले प्रधानमन्त्री र सरकारलाई चेतावनी दिने उद्देश्यसहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। पार्टीले यसअघि नै ओलीको पक्राउको प्रतिरोधमा विज्ञप्ति जारी गरेको थियो।
शनिबार बिहान सबेरै ओलीलाई उनको गुण्डु निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएर भर्ना गरिएको छ।
एमालेले आफ्ना अध्यक्षको रिहाइको मागसहित देशभर विरोध कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ।

















