Logo

१४ चैत,काठमाडौं । नेकपा एमाले का कार्यकर्ताहरूले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा प्रदर्शन सुरु गरेका छन्।

एमाले कार्यकर्ताहरूले केन्द्रीय कार्यालय च्यासल नजिक टायर बाल्दै, सुशीला कार्की नेतृत्वको आयोगको प्रतिवेदनको प्रति जलेर विरोध जनाएका छन्। उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून रहेको प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा केही कार्यकर्ताले पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको समाचार प्राप्त भएको छ। पत्रकारलाई उनीहरूले भनेका थिए, “देशजल्दा कहाँ थियौ? अहिले किन खिच्या? ब्याक हौ।”

जेनजी आन्दोलनको जाँझबुझ गर्न विशेष आयोग गठन गरिएको थियो। आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हालको बालेन नेतृत्वको सरकारले हिजो गरेको थियो। यस निर्णयसँगै ओली र पूर्व गृहमन्त्री रमेश लेखक को पक्राउ प्रक्रिया सुरु भएको थियो।

शनिबार बिहान पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शनको कार्यक्रम अघि सारेको छ।


सम्बन्धित समाचार