Logo

 १४ चैत,काठमाडौं । नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध पार्टीले संयमपूर्वक गर्ने बताएका छन्।

पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले यो पक्राउ गैरसंवैधानिक र गैरकानुनी भएको उल्लेख गर्दै भने, “हामी विधिको पक्षमा उभिएर विरोध गर्छौँ। कुनै कानुनी वा संवैधानिक आधारबिना यस्ता कदम चाल्नु गलत हो। हामीलाई कानुन र अदालतमाथि पूर्ण विश्वास छ।”

भट्टराईले कार्की आयोगको प्रतिवेदनलाई पनि औंल्याउँदै भने, “भदौ २३ र २४ का घटनाहरू अत्यन्तै दुखद र हृदयविदारक हुन्। यस्ता घटनाहरू हुनु नै हुँदैनथ्यो। त्यसैले हामीले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा निष्पक्ष न्यायिक छानबिन आयोग गठनको माग गरेका छौँ। आयोगको निष्पक्ष प्रतिवेदनलाई हामी स्वीकार गर्छौँ, तर कुनै पूर्वाग्रहपूर्ण प्रतिवेदनलाई स्वीकार्ने छैनौँ।”

उनले वर्तमान परिस्थितिमा कार्यकर्ताहरू सडकमा उत्रिनु स्वाभाविक रहेको र यसको उद्देश्य जनमतको दुरुपयोग रोक्न र विधिको शासन कायम राख्न सचेत गराउनु रहेको बताए।


सम्बन्धित समाचार