Logo

 १४ चैत,काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। माइतीघर–बबरमहल क्षेत्रमा भइरहेको प्रदर्शनका क्रममा सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्न खोज्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेको हो।

लाठीचार्जका क्रममा एमाले कार्यकर्ता युवराज ओलीसहित केही नेता–कार्यकर्ता घाइते भएका छन्। प्रदर्शनमा सहभागी फुयाल का अनुसार युवराज ओलीको टाउकोमा गम्भीर चोट लागेको छ।

घाइते युवराज ओलीलाई तत्काल नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पताल मा उपचारका लागि लगिएको छ।  प्रदर्शन जारी रहेकाले उक्त क्षेत्र अहिले पनि तनावग्रस्त रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार