Logo

 १४ चैत,काठमाडौं । नेकपा एमाले का नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

सुरक्षा अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शन जारी रहँदा सिंहदरबार आसपासका क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनापछि उत्पन्न परिस्थितिको पृष्ठभूमिमा यो विरोध सुरु भएको हो। उक्त समयमा केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए।

ओली र लेखक पक्राउ परेपछि एमालेले त्यसको विरोधमा देशभर प्रदर्शन कार्यक्रम सञ्चालन गरिरहेको छ।


सम्बन्धित समाचार