Logo

१५ चैत्र, काठमाडौं । हप्ताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ ।

अघिल्लो हप्ताको शुक्रबार घटेको सुनको भाउ आज एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । शुक्रबार सुनको भाउ ५ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ८१ हजार रुपैयाँमा झरेको थियो, तर आज आएको यो ठूलो वृद्धिसँगै सुन फेरि महँगो भएको छ ।

सुनसँगै चाँदीको भाउ पनि आज उकालो लागेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ६७० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्यमा यस्तो ठूलो फेरबदल आएको हो ।


सम्बन्धित समाचार
भर्खरै