Logo

१७ चैत, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा नयाँ र अर्थपूर्ण ध्रुवीकरण देखिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता डा. शेखर कोइराला पक्षधर केन्द्रीय सदस्यहरूको संयुक्त बैठक मंगलबारदेखि धुम्बाराहीमा सुरु भएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित भएका दुवै समूहका शीर्षदेखि युवा तहका नेताहरू एकै ठाउँमा भेला हुनुलाई आगामी १५ औँ महाधिवेशनको पूर्वतयारी र पार्टीभित्रको शक्ति सन्तुलन फेरबदलको रूपमा हेरिएको छ ।

बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, बद्री पाण्डे, जीवन परियार र एनपी साउद लगायत ६० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । विशेष गरी गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हार (जसमा रास्वपाले १८२ सिट जित्दा कांग्रेस ३८ सिटमा खुम्चिएको छ) को निर्मम समीक्षा गर्न यो भेला आयोजना गरिएको सहभागी नेताहरूले बताएका छन् ।

धुम्बाराही छलफलमा मुलुकको पछिल्लो तरल राजनीतिक अवस्था, संसद्मा कांग्रेसको भूमिका र आगामी १५औँ महाधिवेशनको कार्यतालिकाका विषयमा घनीभूत छलफल भइरहेको छ । निर्वाचन परिणामले कांग्रेसको परम्परागत संगठनमा गम्भीर धक्का पुगेको निष्कर्ष निकाल्दै नेताहरूले अब पार्टीलाई नयाँ ढंगले पुनर्जीवन दिनुपर्नेमा जोड दिएका छन् ।

यद्यपि, पार्टी प्रवक्ताले भने खड्का–कोइराला समूहको यस्तो छुट्टै गतिविधिलाई गुटबन्दीको संज्ञा दिँदै यसले पार्टीलाई न्याय नगर्ने टिप्पणी गरेका छन् । देउवा र कोइराला पक्षबीचको यो जुहारीले आगामी दिनमा कांग्रेसभित्रको आन्तरिक कलह अझै बढ्ने वा नयाँ एकताको सूत्र फेला पर्ने भन्ने चासो बढेको छ ।

बैठकमा सहभागी नेता

१ पूर्णबहादुर खड्का
२ शेखर कोइराला
३ विमलेन्द्र निधि
४ प्रकाशमान सिंह
५ शशांक कोइराला
६ बद्री पाण्डे
७ जीवन परियार
८ महालक्ष्मी उपाध्याय डिना
९ बलबहादुर केसी
१० डा मिनेन्द्र रिजाल
११ एनपी साउद
१२  मान बहादुर विश्वकर्मा
१३ मोहन बस्नेत
१४ अम्बिका बस्नेत
१५ आनन्द ढुंगाना
१६ महेन्द्रा सुब्बा
१७ सरस्वती बजिमया
१८ कल्याणी रिजाल
१९ शारदा पौडेल
२० पुष्प पराजुली
२१ अर्जुन जंगबहादुर सिंह
२२ आशा विक
२३ सीता राना
२४ राधा घले
२५ रामहरि खतिवडा
२६ जीवनबहादुर शाही
२७ ध्यानगोविन्द रञ्जित
२८ राजीव विक्रम शाही
२९ मानबहादुर नेपाली
३० सीता देवकोटा
३१ सरस्वती तिवारी
३२ विद्या तिमलसिना
३३ लक्ष्मी खतिवडा
३४ जीवन राना
३५ कान्तिका सेजुवाल
३६ रमा कोइराला
३७ शुशिला मिश्र
३८ डा रण बहादुर रावल
३९ इश्वरी न्यौपाने
४० शिव हुमागाईं
४१ किरण पोडैल
४२ उमेशजंग रायमाझी
४३ जितजंग बस्नेत
४४ गुरु बराल
४५ गणेश लामा
४६ दिपक गिरी
४७ दीलेन्द्र बडू
४८ कुन्दन काफ्ले
४९ श्याम घिमिरे
५० गेहेन्द्र गिरी
५१ मदनबहादुर अमात्य
५२ गोविन्द भट्टराई
५३ भीम पराजुली
५४ हरिशरण नेपाली
५५ शंकर भण्डारी
५६ सीता गुरुङ
५७ पद्म नारायण चौधरी
५८ कृष्ण किशोर घिमिरे
५९ प्रदीप सुनुवार
६० शान्ति विक


सम्बन्धित समाचार