१७ चैत,काठमाडौं । २० हजार रुपैयाँ घुस लिँदै प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३५ वर्षीय दिनेश राउत रहेका छन्। उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोप छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको ग्रिन स्टार क्याफेबाट घुससहित साँझ करिब ५ बजे रंगेहात पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

















