१८ चैत,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस को क्याम्पस प्रमुखमा सहप्राध्यापक डाक्टर केशव कुमार यादव नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा कार्यकारी परिषद्का अध्यक्ष डाक्टर दपिक अर्याल ले बुधबार डा. यादवलाई उक्त जिम्मेवारी सम्हाल्न नियुक्त गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद ५२, नियम १८५(२) बमोजिम त्रिवि कार्यकारी परिषद्ले चैत १७ गते बसेको बैठकमा निर्णय गरी डा. यादवलाई चैत १८ गतेदेखि लागू हुने गरी क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरेको उपकुलपतिले जानकारी दिएका छन्।


















