Logo

१८ चैत, काठमाडौं ।  रवि लामिछाने ले मधेशवादी दलका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्दै संविधान संशोधनसमेतका विविध विषयमा छलफल गरेका छन्।

रास्वपा नेतृत्वको सरकारले प्रधानमन्त्रीका सल्लाहकार असिम शाह को नेतृत्वमा गठन गरेको कार्यदलको भोलिपल्ट, लामिछानेले महन्थ ठाकुरप्रभु साह सँग भेट गरेका थिए।

ठाकुर र साह निकट नेताहरूका अनुसार लामिछानेले संविधान संशोधन, आर्थिक तथा सामाजिक विषयमा गहिरो चासो देखाएका छन्। भेटपछि मधेशी मोर्चाको बैठक बस्ने तयारी भइरहेको जानकारी नेता ठाकुरले दिएका छन्। उनले भने, “केही साथीहरू काठमाडौं बाहिर हुनुहुन्छ, त्यसैले मोर्चाको बैठक एक हप्तापछि बस्नेछ।”

ठाकुरले थपे, संविधान संशोधन सम्बन्धी कार्यदलको गठन गरिएको जानकारी लामिछानेले दिएका थिए। सभापति लामिछानेको सचिवालयले पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको पुष्टि गरेको छ।

यसैबीच, आजपा अध्यक्ष साहले पनि राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल भएको बताए। उनले अनलाइनखबरसँग भने, “आर्थिक र विकास निर्माणका विषयमा पनि विस्तृत छलफल गर्‍यौं।”

विशेष रुपमा ध्यान दिनुपर्ने कुरा भनेको लामिछानेले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सँग नभेटेर ठाकुरलाई भेट्नु हो। मोर्चाका एक नेताका अनुसार उनी राष्ट्रिय सभा सदस्य भएकाले ठाकुरलाई महत्त्व दिएको हुन सक्ने देखिन्छ।

राष्ट्रिय सभामा ठाकुरसहित जसपा नेपालका तीन सांसद छन्। गत १३ पुसमा ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच एकता भएको थियो।


सम्बन्धित समाचार