Logo

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि निर्वाचनको मिति तय भएको छ ।

१८ चैतमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आगामी २२ चैतमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद खुश्बु ओलीका अनुसार, निर्वाचनका लागि २० चैतमा मनोनयन दर्ता गर्ने प्रस्ताव गरिएको छ । २२ चैतमा निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै नवनिर्वाचित सभामुखको पदबहाली पनि सोही दिन गर्ने तयारी गरिएको छ ।

यस पटकको प्रतिनिधिसभामा शक्ति सन्तुलन निकै फेरिएको छ । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो र नेकपा एमाले २५ सिटसहित तेस्रो स्थानमा छन् । नयाँ चुनावी नतिजापछि बस्न लागेको संसद्को यो बैठक र सभामुखको चयनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

सर्वदलीय बैठकले तय गरेको यो कार्यतालिकासँगै अब दलहरूबीच सभामुखको उम्मेदवार चयनका लागि आन्तरिक र द्विपक्षीय छलफल तीव्र हुने देखिएको छ ।


सम्बन्धित समाचार